वीरगंज, ३१ वैशाख । वीरगंजको आदर्शनगर रंगशालामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले रंगशालाको चारै किनारामा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगंजलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पुर्याउने बताउनु भएको छ । उहाँले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै नगरको सौन्दर्य वृद्धिमा योगदान पुर्याउने धारणा व्यक्त गर्नु भयो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गर्नुभयो।
वीरगंज महानगर प्रहरीको आयोजना र ग्रिनसिटी सामुदायिकको सहकार्यमा वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिकका जयप्रकाश खेतान, समाजसेवी भोला कलवार लगायतको उपस्थिति रहेको थियो।
वृक्षारोपण अभियान अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको र त्यसको संरक्षण र सम्वर्द्धन महानगरपालिकाले गर्ने छ ।
प्रतिक्रिया लेख्नुहोस् ।