14 December ,2025,Sunday

वीरगञ्ज महानगरपालिका वडा नं. ११ र १३ को सिमाना क्षेत्रमा पर्ने नाला व्यवस्थापन कार्य सुरु हुने, मेयर सिंहद्वारा अनुगमन

वीरगंज, १३ जेठ । वीरगंज महानगरपालिका वडा नं. ११ र १३ को सीमामा रहेको ठूलो नालाको व्यवस्थापनका लागि महानगरका मेयर राजेशमान सिंहले आज मिति २०८२ जेठ १३ गते बिहान ८:३० बजे स्थलगत अनुगमन गर्नुभएको छ।
स्थानीयवासीले लामो समयदेखि उठाउँदै आएको जलनिकासी समस्याको समाधान गर्न नाला व्यवस्थापन कार्य जेठ १४ गतेदेखि सुरु गरिने मेयर सिंहले जानकारी दिनुभयो। अनुगमनमा वडा नं. १३ का अध्यक्ष हिरा गिरि, वडा नं. ११ का अध्यक्ष अजय चौरसिया, वरिष्ठ पत्रकार जगदीश शर्मा, त्रिमूर्ति विकास समिति पदाधिकारीहरू, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका सचिव दिलीप प्रधान, तथा सामुदायिक प्रहरीका प्रमुख सहायक सोनलाल साहको सहभागिता रहेको थियो।
नालाको अतिक्रमण, फोहोर तथा अनियमित प्रवाहका कारण वर्षायाममा पानी जम्ने, स्वास्थ्य समस्या र बाढीको जोखिम बढ्दै गएकाले यसलाई व्यवस्थित गर्न निर्णय गरिएको हो।
मेयर सिंहले सबै सरोकारवाला पक्षहरूलाई समन्वयमा रही समयमै काम सम्पन्न गर्न निर्देशन दिनुहुँदै, स्थानीय तहको सक्रिय सहभागिताले मात्र समस्या समाधान सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।