15 June ,2025,Sunday

spot_img
spot_img
spot_img
spot_img

बैंकमा खाता खोल्न लगाएर ठगी गरेको आरोप

वीरगंज, १८ जेठ । पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं. ५ भिस्वाका दिपेश कुमार पटेलसहितले आइतवार वीरगंजमा पत्रकार सम्मेलन गरी आफूहरू ठगीको शिकार भएको बताएका हुन् । वीरगंज महानगरपालिकाको नगवा निवासी शेख मकबुल नेतृत्वको समूहले दर्जनौं सर्वसाधारणलाई ठगी गरेको आरोप दिपेश पटेललगायतले पत्रकार सम्मेलनमार्फत लगाएका छन् । शेख मकबुलको समूहले महालक्ष्मी विकास बैंक, सिद्धार्थ बैंक, सिटिजन बैंक, सनराइज बैंक, लक्ष्मी बैंक, गरिमा बैंकलगायत विभिन्न बैंकमा खाता खोल्न लगाएर ती खाताहरूको चेकबुक र एटीएम कार्ड आफैंसँग राखी ठगी गरेको पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । पीडितहरूका खाताहरूको दुरूपयोग गर्दै विभिन्न व्यक्तिहरूसँग फोनमार्फत रकम सङ्कलन गरिएको र केही खातामा करोडौं रुपियाँँ बराबरको कारोबार भएको बैंक स्टेटमेन्टमा देखिएको दिपेशको भनाइ छ । पत्रकार सम्मेलनमा फेटा गाउँपालिका वडा नं. ४ का अनुरोध महतो, छिपहरमाई गाउँपालिका वडा नं. ५ का रामशिष कुर्मी, सोही ठाउँका अबरार हसन, कालिकामाई गाउँपालिका वडा नं. १ का शुभनारायण प्रसाद चौरसिया, वडा नं. ३ का शिवनारायण चौरसियालगायतले पनि आफुहरू ठगिएको बताएका छन। शेख मकबुल समूहमा वीरगंजका पप्पु भनिने नितेश चौरसिया, शेख साहिल, अमन शर्मा समेतको संलग्नता रहेको बताइएको छ। यद्यपि शेख मकबुललाई १० दिनअघि पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाइएको भए पनि पीडितहरूले ठगीको मुद्दा चलाउनुपर्ने माग गरेका छन। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले हालसम्म ठगीको जाहेरी नपरेको बताएका छन् । उनले ठगीको जाहेरी आएमा सोही अनुसार कानूनी प्रक्रिया अघि बढाइने बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...