15 June ,2025,Sunday

spot_img
spot_img
spot_img
spot_img

विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज, ३१ जेठ । बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नम्बर २ बरगनिया बजारमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

रक्तदान कार्यक्रममा कुल २७ जनाले रक्तदान गरेका थिए । कार्यक्रम वडा नम्बर २ का अध्यक्ष मनोज कुमार यादवको अध्यक्ष्तामा सम्पन्न भएको छ। रक्तदान कार्यक्रमको प्रमुख अतिथि नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा.ईशरत जहाँ अन्सारी, प्रयोगशाला इन्चार्ज डा. सञ्जय कुमार साह, सुशान्त शर्मा पौडेल, सि.आई.ओ इंजिनियर प्रदीप कुमार चौधरी, मार्केटिङ म्यानेजर जितेश कुमार दास,भर्चुवल नेटवर्क प्रा.लि. का सञ्चालक श्री मुकेश कुशवाहा तथा समाजसेवी श्री संजय बैठा लगायतको विशेष उपस्थिति एवं सहकार्य रहेको थियो।

रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरूलाई प्रमाणपत्र समेत वितरण भएको थियोे । रक्तदान कार्यक्रम सहभागी स्वास्थ्यकर्मीहरू तथा सहयोगी हातहरूलाई धन्यवाद एवं आभार प्रकट निर्देशक अन्सारीले गरेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...