29 June ,2025,Sunday

बहुदरमाई नगरपालिकामा विकासको गति : मन्त्री गुप्ताको सिफारिसमा करोडौंको योजना स्वीकृत

वीरगंज, ३ अषाढ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको सिफारिसमा बहुदरमाई नगरपालिकामा महत्वपूर्ण पूर्वाधार विकास योजनाहरू स्वीकृत भएका छन्। विभिन्न मन्त्रालयहरू मार्फत प्राप्त बजेटबाट पुल, सडक र झोलुङ्गे पुल निर्माण जस्ता आधारभूत संरचनाहरूको निर्माण प्रक्रिया अघि बढ्ने भएको छ।

स्थानीय जनताले मन्त्री गुप्ताको सक्रिय प्रयास र दूरदर्शी नेतृत्वको प्रशंसा गर्दै विकासप्रति देखाएको प्रतिबद्धताको उच्च सम्मान गरेका छन्। योजनाहरूको कार्यान्वयन पश्चात क्षेत्रको आवागमन, व्यापारिक गतिविधि र जनजीवनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

स्वीकृत योजनाहरू यसप्रकार छन् :

१. बहुदरमाई न.पा. वडा नं. ५, विश्रामपुरदेखि फुलकौंल जाने सडकबीच ढोगही नदी (धोबियाघाट) मा पक्की पुल निर्माण — रु. ३ करोड

२.छठीया घाटमा झोलुङ्गे पुल निर्माण — यातायातमा सहजता र धार्मिक पर्यटन प्रवर्द्धनको दृष्टिकोणले महत्वपूर्ण

३. बहुदरमाई न.पा. वडा नं. १ ,पिपरा–विश्रामपुर–नगरदाहा सडक निर्माण — रु. ३ करोड

४. हुलाकी सडक अन्तर्गत रामनगरीदेखि महुवन नहरसम्मको सडक निर्माण, बहुदरमाई न.पा. वडा नं. ८ — रु. ३ करोड

५. फुलकौंल गाउँ वडा नं ७ मा पक्की सडक निर्माण — रु.३ करोड

“बहुदरमाई नगरपालिकाका जनताको अभाव र आवश्यकता मैले नजिकबाट बुझेको छु। विकास केवल कुरा होइन, कार्य हो भन्ने भावना साथ म जनतासँगको वाचा पुरा गर्दैछु। यी योजनाहरू केवल भौतिक निर्माण होइनन्, जनताको आत्मविश्वास निर्माण पनि हुन्। अबको यात्रामा हामी अझ सशक्त रूपमा अघि बढ्नेछौँ।”

मन्त्री गुप्ताको पहलमा आएको यी योजनाहरूले स्थानीय विकासमा नयाँ सम्भावनाको ढोका खोल्नेछ। बहुदरमाई नगरपालिकाका जनताले अब आफ्नो क्षेत्रमा प्रत्यक्ष परिवर्तन महसुस गर्न पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...