28 June ,2025,Saturday

एक वर्षमा कति पटक रक्तदान गर्ने ? जानौँ फाइदा

एजेन्सी, ४ अषाढ । प्रायः जसो रक्तदान गर्नका लागि मानिसहरूलाई प्रोत्साहित गरिन्छ र यसका फाइदा पनि बताइन्छ ।

धेरै मानिस समय–समयमा रक्तदान गर्छन् र यसबाट आवश्यक परेकालाई रगत प्राप्त हुन्छ । चिकित्सककाअनुसार विशेषगरी युवाहरूले रक्तदान गर्नुपर्छ ।

कतिपय मानिसहरू प्रत्येक महिना रक्तदान गर्नुपर्छ भन्ने विश्वास गर्छन्, जबकि केहीले वर्षमा १–२ पटक मात्र रक्तदान गर्नुपर्छ भन्ने ठान्छन् । अब प्रश्न यो छ कि एक वर्षमा स्वस्थ व्यक्तिले कति पटक रक्तदान गर्न सक्छ र कस्ता मानिसले रक्तदान गर्नुहुँदैन ?

विशेषज्ञका अनुसार रक्तदान गर्नु शरीरको लागि फाइदाजनक हुन्छ । यस्तो गर्नाले शरीरमा आइरन स्तर नियन्त्रणमा रहन्छ र मुटु रोगको जोखिम कम हुन्छ ।

रक्तदानपछि शरीरले नयाँ रातो रक्त कोषिकाहरू उत्पादन गर्छ, जसले रगतको गुणस्तर राम्रो बनाउ“छ । रक्तदानले शरीरमा रगत प्रवाह राम्रो हुन्छ र सबै अङ्गमा अक्सिजन आपूर्ति राम्रो हुन्छ । स्वस्थ मानिसले समय–समयमा रक्तदान गर्नुपर्छ ।

वर्षमा कति पटक रक्तदान गर्न सकिन्छ ?

एक स्वस्थ व्यक्तिले हरेक ८ हप्ता अर्थात् लगभग २ महिनापछि रक्तदान गर्न सक्छ । यदि तपाईं हरेक ३ महिनामा पनि रक्तदान गर्नुहुन्छ भने यो स्वास्थ्यको लागि पनि राम्रो हुनेछ । यस हिसाबले वर्षमा ४ देखि ६ पटकसम्म रक्तदान गर्न सकिन्छ । तर, यो नियम केवल स्वस्थ मानिसहरूमा लागू हुन्छ ।

जुन मानिसलाई कुनै प्रकारको सङ्क्रमण वा रोग छ, त्यस अवस्थामा चिकित्सकको सल्लाह लिएर मात्र रक्तदान गर्नुपर्छ । रक्तदान गर्नुअघि मानिसहरूले आवश्यक परीक्षणहरू गराउनुपर्छ, यसबाट समस्याहरू पत्ता लगाउन सकिन्छ ।

कस्ता मानिसले रक्तदान गर्नु हुन्न ?

गर्भवती महिलाहरू र स्तनपान गराउने महिलाहरूले रक्तदान गर्नबाट बच्नुपर्छ । कम हेमोग्लोबिन र कम आइरन स्तर भएका मानिसहरूले पनि रक्तदान गर्नु हुँदैन ।

हालै शल्यक्रिया गरेका वा ठूलो बिमारीबाट निको हुँदै गरेका मानिसहरूले रक्तदान गर्नु हुँदैन । मुटु रोग, उच्च रक्तचाप र मधुमेहबाट पीडित मानिसहरूले चिकित्सकको सल्लाह लिएर मात्र रक्तदान गर्नुपर्छ ।

सङ्क्रामक रोगहरू जस्तै हेपाटाइटिस, एचआइभी वा सिफिलिस भएका मानिसहरूले रक्तदान गर्नु हुँदैन । लागूपदार्थ वा मदिरा सेवन गर्ने मानिसहरूले पनि रक्तदान गर्नु हुँदैन ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...