जगरनाथपुर, ८ आषाढ । पर्साको जगरनाथपुर गाउँपालिकाले पालिकामा रहेका सामुदायिक विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई प्रोत्साहित गर्न विद्यालय पोशाक वितरण गरेका छन् । जगरनाथपुर गाँउपालिकामा सबै वडामा गरी २८ वटा सामुदायिक विद्यालयहरु छन् ।
ती सबै विद्यालयका हरेक कक्षाको वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय भएका छात्रछत्राहरुलाई प्रोत्साहित गर्न गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विद्यालय पोशाक वितरण गरेका हुन् ।
गाँउपालिकाले शिक्षालाई प्राथमिकतामा राख्दै प्रेरणादायी वातावरण सिर्जना गर्ने उद्देश्यले पोशक वितरण कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष यादवले बताए ।विद्यार्थीहरूमा अझ लगनशीलता र आत्मविश्वास बढाउने विश्वासका साथ यस्तो कार्यक्रम अघि बढाइएको भन्दै उनले आगामी दिनमापनि विद्यार्थीहरुलाई प्रोत्साहित गर्ने खालका अन्यय कार्यक्रमहरु पनि सञ्चालन गरिने बताए ।
पोशाक वितरण कार्यक्रममा गाँउपालिका अध्यक्ष यादव, जनप्रतिनिधी, विद्यालयका शिक्षक–शिक्षिका, अभिभावकह लगायतकाकोपनि उपस्थिति रहेको थियो।