spot_img

18 March ,2026,Wednesday

वीरगंजमा जिल्ला स्तरीय एतिमी क्योकुशिन फुल कन्टेक्ट कराते प्रतियोगिता सम्पन्न

वीरगंज, ८ आषाढ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुदू भन्ने नाराका साथ वीरगंजमा शनिबार जिल्ला स्तरीय एतिमी क्योकुशिन फुल कन्टेक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल एतिमी क्योकुशिन फुल कन्टेक्ट कराते संघ पर्साको आयोजनामा जिल्ला स्तरीय कराते प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगिता संघका अध्यक्ष राजकुमार महतोको अध्यक्षतामा एवं प्रमुख अतिथि वीरगंज वडा नम्बर ११ का अध्यक्ष अजय चौरसियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । प्रमुख अतिथी चौरसियाले व्यानर पढेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

प्रतियोगितामा विभिन्न तौल समूहका करिब १०० जना खेलाडीहरूको सहभागिता रहेको थियो।  प्रतियोगितामा प्रथम हुनेलाई गोल्ड दोस्रो हुनेलाई सिल्भर र तेस्रो हुनेलाई ब्राउन मेडल प्राप्त गरेका थिए । प्रतियोगिताको मुख्य प्रशिक्षकको भूमिका धन्नजय मिश्राले निर्वाह गरेका थिए।

विजयी खेलाडीहरूलाई प्रमाणपत्र वितरण पत्रकार जगत राई, राकेश साह, आरोहण साह र राजन सिंहले गरेका थिए। प्रतियोगिताले जिल्लामा खेलकुदको विकास र युवाहरूको प्रतिभा उजागर गर्न सघाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।जिल्ला खेलकुद बिकाश समितीको प्रागंनमा सम्पन्न कार्यक्रमको आयोजना पर्सा सिपमुकल तालिम केन्द्रले गरेको थियो । कार्यक्रमको सहजीकरण विशेश्वर पटेलले गरेका थिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल