वीरगंज, १२ आषाढ । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघपर्साको सहजीकरणमा मधेश प्रदेशका आर्थिक पत्रकारहरूका लागि एक दिने पूँजी बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बिहिबार क्लासिक वैंकक्युट होटलमा सम्मपन्न कार्यक्रममा पत्रकारहरूले सेयर कारोवार,धितोपत्र बजार, दोस्रो बजार, सेयर कारोबार, तथा पूँजी बजारमा प्रभाव पार्ने प्रमुख पक्षहरूका बारेमा ज्ञान लिएका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघका केन्द्रिय लेखा समिती संयोजक केसी लामिछानेले सशक्त सञ्चारमार्फत पूँजी बजारको पारदर्शिता र सचेतना अभिवृद्धिमा पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताए। उनले पत्रकारहरूले तथ्यमा आधारित आर्थिक समाचार लेख्नु पर्नेमा जोड दिनुभयो।
यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले पत्रकारले पनि सेयर बजारमा लगानी गर्नुपर्ने बेला आएको बताए । उनले पत्रकारको आय श्रोत खुम्चिरहेको बेला शेयर कारोवार फलदायि सावित हुने ठोकुवा गर्नुभयो । उनले पत्रकारहरूको दक्षता बढाउन यो तािलम कोशेढुगां सावित हुने विश्वास व्यक्त गरे।
कार्यक्रमका अध्यक्षता गरिरहनु भएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले, आर्थिक पत्रकारिताको क्षेत्र विस्तार गर्न यस्ता तालिम आवश्यक रहेको बताए।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शमाले, धितोपत्र बजारको संरचना र नियमन पक्ष स्पष्ट पार्नुभयो। यसैगरी नेप्सेका मिलन मगर र सिडिएससीका रश्मिी तिवारीले सेयर कारोबार प्रणाली र क्लियरिङ्ग सम्बन्धि प्राविधिक पक्षहरूबारे जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागि पत्रकारहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन् र भविष्यमा अझ प्राविधिक तथा व्यावसायिक प्रशिक्षणको आवश्यकता रहेको उल्लेख गरेका छन्।
कार्यक्रमका संचालक बिपिन ओझाले गरेका थिए ।