12 September ,2025,Friday

चोरीको पाँचवटा मोटरसाइकलसहित तीनजना पक्राउ

वीरगंज, १७ असार । जिल्ला प्रहरी कार्यालय बाराले मोटरसाईकल चोरीमा संलग्न रहेको आरोपमा ३ जनालाई पाँचवटा मोटरसाईकलसहित पक्राउ गरेको जनाएको छ । विभिन्न मिति, समयमा चोरी भएको मोटरसाइकल खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय कोल्हवी बाराबाट प्रहरी निरीक्षक रंजन मिश्रको कमाण्डमा खटीएको प्रहरी टोलीले ५ वटा मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा जिल्ला बारा कोल्हबी नगरपालिका–१ कोल्हबी बस्ने वर्ष २१ को राहुल बि.क, वर्ष २३ को अर्जुन खवास, वर्ष २३ को मुस्कान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । प्रहरीले प्र.२–०३–००६ प ६५१५, ना. ४८ ५. ६९७०, बा. ९४ प. २१४६, ना. ६५ प. ८८६०, प्रदेश २–०३–००५ प ६२२६ को मोटरसाइकल बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि चोरी सम्बन्धी कसुर मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप लिई थप अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...