16 December ,2025,Tuesday

प्रादेशिक अस्पताल गौरलाई मधेश प्रदेशमा प्रथम स्थान : उत्कृष्ट सेवाको मान्यता, योगदानकर्ता कर्मचारीहरूलाई विशेष सम्मान

चन्दन कूमार महतो

रौतहट, २१ आषाढ । रौतहटको गौरस्थित प्रादेशिक अस्पतालले आर्थिक वर्ष २०८१/८२ को न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (MSS) मा मधेश प्रदेश भरका सबै सार्वजनिक अस्पतालहरू मध्ये प्रथम स्थान प्राप्त गर्दै ऐतिहासिक सफलता हात पारेको छ। यस उल्लेखनीय उपलब्धिका अवसरमा आज गौरमा आयोजित एक विशेष सम्मान समारोहका बीच अस्पतालका पदाधिकारी, चिकित्सक, नर्स, प्राविधिक र प्रशासनिक कर्मचारीहरूलाई औपचारिक रूपमा सम्मान गरिएको छ।

समारोहमा प्रमुख अतिथि तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मो। अनवर हाशमीले बोल्दै यो सफलताको श्रेय अस्पताल परिवारको समर्पण, अनुशासन, निरन्तर प्रयास र सेवा भावनालाई दिएको बताए। सम्पूर्ण टिमको सामूहिक प्रतिबद्धता र मिहिनेतकै परिणामस्वरूप हामीले यो गौरव पाएका हौं, अध्यक्ष हाशमीले मन्तव्य दिए।

सोही अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुरले गौर अस्पतालको यो सफलता मधेश प्रदेशकै स्वास्थ्य क्षेत्रका लागि एउटा प्रेरणादायी उदाहरण बनेको बताए। “हामीले पाएको यो सम्मानले अबका दिनमा जनतालाई अझ गुणस्तरीय, भरपर्दो र सहज सेवा दिने जिम्मेवारी थप बढाएको छ,” उनले भने। उनले अस्पतालमा सेवा विस्तार, प्रविधिमा सुधार र जनमैत्री व्यवस्थापनलाई प्राथमिकता दिइने प्रतिवद्धता समेत व्यक्त गरे।

अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्राविधिक र अन्य कर्मचारीहरूले पनि सम्मानले आफूहरू लाई थप जिम्मेवार र समर्पित भएर सेवा दिन उत्साहित बनाएको प्रतिक्रिया दिएका थिए। उनीहरूले बिरामीमैत्री वातावरण बनाउँदै निरन्तर गुणस्तरमा सुधार ल्याउने अठोट व्यक्त गरे।

कार्यक्रममा सम्मानपत्र, फिता र खादा लगाएर कर्मचारीहरूलाई सम्मान गरिएको थियो। साथै, अस्पतालको सेवा सुधारका प्रयास, व्यवस्थापन शैली, स्वास्थ्य प्रवाह, र जनताबीचको विश्वास जित्न सफलतापूर्वक अपनाइएको रणनीतिबारे पनि जानकारी दिइएको थियो।

के हो न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन (MSS) ?
नेपाल सरकारद्वारा स्वास्थ्य संस्थाहरूको सेवा गुणस्तर, पहुँच, संरचना, दक्षता, सेवा उपयोग र जनसन्तुष्टि लगायतका मापदण्डका आधारमा गरिने मूल्याङ्कन प्रक्रिया हो। यसअन्तर्गत मुलुकभरका अस्पतालहरूलाई वार्षिक रूपमा मूल्याङ्कन गरिन्छ। प्रादेशिक अस्पताल गौरले सबै पक्षमा उत्कृष्टता देखाउँदै यस वर्ष ९१५ अंक प्राप्त गरेको थियो।

यस सफलतासँगै प्रादेशिक अस्पताल गौर अब प्रदेशभरका अस्पतालहरूका लागि रोल मोडलको रूपमा स्थापित भएको छ। मधेश प्रदेश सरकार तथा संघीय स्वास्थ्य मन्त्रालयबाट समेत अस्पतालले थप प्रोत्साहन र स्रोत–साधन प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल