29 December ,2025,Monday

दुर्ई स्थानमा आयोजित कार्यक्रम ९१ जनाले गरे रक्तदान

वीरगंज, २८ असार । वीरगंज महानगरपालिकामा शनिवार दुइ छुट्टाछुट्टै स्थानमा सम्पन्न रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन् । सामाजिक युवा एकता क्लबद्वारा ब्रह्मचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ५१ जनाले रक्तदान गरेका छन् । क्लब अध्यक्ष बिक्की महतोको अध्यक्षतामा तथा वडा नं. १२ का अध्यक्ष सुरेश गुप्ताको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी वीरगंज शाखाका सभापति बृजकिशोर पटेल, समाजसेवी प्रकाश उपाध्याय, नेपाल इनोभेट सोसाइटीका अध्यक्ष कमल चौगाई, फुल मोहम्मद मियाँ, राजेन्द्र भट्टराई, रेशमकोठी युवा संयोजक अभिलाष गुप्ता, राजन श्रीवास्तव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बिक्की महतो, विशाल कुमार महतो, जयकिसन साह, प्रमोद मण्डल, अनिच मण्डललगायतले रक्तदान गरेका थिए । यसैगरी प्रतीमा चौकमा रहेको नेपाल इण्डो हस्पिटल एण्ड आई सेन्टर प्रा.लि. द्वारा आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ४० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा तमन्ना खान, राधेश्याम साह, मोहम्मद कलाम, धर्मेन्द्र साब, अमित श्रीवास्तव, नुरूल अन्सारी, राहुल साहलगायतले रक्तदान गरेका थिए । कार्यक्रममा डा. प्रमानन्द शाह, डा. निरज कुमार क्याल, डा. महानन्द कुमार कुर्मी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल