21 July ,2025,Monday

गेस्ट हाउसमा युवकको विभत्स हत्याः युवती बेपत्ता

जनकपुरधाम, ४ साउन । जनकपुरधामको जीरोमाइलस्थित होटल एसपी एन्ड गेस्ट हाउसमा शनिवार राति एक युवकको धारिलो हतियार प्रहार गरी एक तला माथिबाट खसालेर विभत्स हत्या गरिएको छ। हत्या हुनेमा महोत्तरी गाउँपालिका–१, पर्साका २८ वर्षीय शनि भन्ने बिमलेश यादव रहेको प्रहरीले जनाएको छ। धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरूणबहादुर सिंहका अनुसार, शनिवार राति करिब ३ बजे युवकलाई धारिलो हतियार प्रहार गरी खसालेको अवस्थामा फेला पारिएको थियो। उनलाई तत्काल प्रादेशिक अस्पताल जनकपुर पुर्याइए पनि उपचारका क्रममा आज बिहान पौने ८ बजे मृत्यु भएको थियो। प्रहरी स्रोतका अनुसार, मृतक यादव एक युवतीसँगै होटलमा बस्न आएका थिए। प्रहरीको प्रारम्भिक अनुमानले ती युवतीले नै हत्या गराएको हुन सक्ने आशङ्का गरेको छ। हाल मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। घटनाको थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय धनुषाले गरिरहेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...