29 December ,2025,Monday

नेप्से परिसूचक २१ अङ्कले बढ्यो

काठमाडौँ, ५ साउनः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ७६ अङ्क अर्थात शून्य दशमलव ७५ प्रतिशतले बढेर दुई हजार आठ सय ९२ दशमलव ७२ बिन्दुमा कामय भएको छ ।
आज विभिन्न ३११ कम्पनीका तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर एक लाख ३८ हजार ८२८ पटक खरिदबिक्री हुँदा रू १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार दुई सय ३८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ४२, लघुवित्त एक दशमलव ९३, निर्जीवन बीमा एक दशमलव २७ र अन्य समूह एक दशमलव ८४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ४८, होटल तथा पर्यटन शून्य दशमलव ३०, जलविद्युत् शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३७, जीवन बीमा शून्य दशमलव ०२, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३७, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले बढेको छ ।
थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार सात सय ११ कित्ता शेयर किनबेच भएको छ । रासस
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल