27 July ,2025,Sunday

नेशनल मेडिकल कलेज र नेपाल ट्रक यातायात व्यवसायी महासंघबीच बिरामी उपचार सम्बन्धी सम्झौता

वीरगंज, ९ साउन । वीरगंजस्थित प्रतिष्ठित शिक्षण अस्पताल नेशनल मेडिकल कलेज प्रा. लि. र नेपाल ट्रक यातायात व्यवसायी महासंघ बीच सवारी दुर्घटनामा घाइते, कार्यरत पदाधिकारी, कर्मचारी तथा चालकहरूको सहज उपचारको व्यवस्था गर्न बिरामी उपचार सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौतामा नेशनल मेडिकल कलेजले महासंघबाट सिफारिस भई आउने बिरामीहरूलाई प्राथमिकताका साथ स्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र आकस्मिक अवस्थामा तुरुन्त उपचार शुरू गर्ने व्यवस्था गरिएको छ।

सम्झौतामा ३ लाख रुपैयाँसम्मको उपचार खर्च सम्बन्धित स्थानीय संघरसंस्थाले व्यहोर्ने र सोभन्दा बढी खर्च महासंघले बेहोर्ने सहमति गरिएको छ। बीमा दावी प्रक्रियामा आवश्यक सम्पूर्ण कागजात अस्पतालले उपलब्ध गराउनेछ।

दुवै पक्षले ३ वर्षको लागि यो सम्झौता गरेका छन्, जुन आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। सम्झौता अन्तर्गत देशभरका विभिन्न १८ वटा यातायात व्यवसायी संघहरू
१. नारायणी यातायात व्यवसायी संघ, हेटौडा
२. बाणगंगा यातायात व्यवसायी समिति, कपिलबस्तु
३. तराई यातायात व्यवसायी संघ, सिमरा
४. पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवल
५. मध्यपश्चिमाञ्चल ट्रक टेक्टर व्य।संघ, सुर्खेत
६. ट्रक यातायात व्यवसायी संघ नेपाल, काठमाडौ
७. राप्ती अंचल सयक्त ट्रक व्य।समिति, दाङ
८. कोशी ट्रक व्यवसायी संघ, ईटहरी
९. लुम्बीनी ट्रक व्यवसायी संघ भैरहवा
१०. भेरी अंचल ट्रक ट्याङ्गर व्य।समिति, नेपालगंज
११. बिराटनगर ट्रक व्यवसायी संघ, बिराटनगर
१२. गण्डकी ट्रक यातायात व्यवासयी संघ, पोखरा
१३. सर्लाही ट्रक व्यवसायी संघ, हरिऔन
१४. सेती महाकाली ट्रक व्यवसायी संघ, सेती
१५. लुम्बिनी साना मझौला ढुवानी व्यवसायी संघ, लुम्बिनी
१६. संयूक्त परिवहन व्यवसायी समिति, धरान
१७. बाग्मती टिपर व्यवसायी संघ, बनेपा
१८. नेपाल ट्रक कन्टेनर व्यवसायी संघ, लोकन्थली
समावेश छन्।

सम्झौतामा नेशनल मेडिकल कलेजको तर्फबाट ई. प्रदीप कुमार चोधरी (CIO) र नेपाल ट्रक यातायात व्यवसायी महासंघको तर्फबाट ओम कृष्ण कार्की (केन्द्रीय कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा कॉलेजका मार्केटिंग मैनेजर जीतेश दास, एडमिन विश्वनाथ कान्त, तराई यातायात व्यवसायी संघका महासचिव अर्जुन प्रसाद अधिकारी, का.स.स. मदन राज कंसकार लगायत मीडिया संयोजक आशिक अंसारीको उपस्थिति रहेको थियो ।
यो सम्झौताले ट्रक व्यवसायीहरूको स्वास्थ्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...