27 July ,2025,Sunday

स्वावलम्बन लघुवित बैंकद्वारा बीमा रकम हस्तान्तरण

शैलेश गुप्ता

पोखरिया, ९ साउन । स्वावलम्बन विकास बैंक लघुवित वित्तीय संस्थाको आयोजनामा वित्तीय साक्षरता अन्तरक्रिया तथा बीमा रकम हस्तान्तरण कार्यक्रम पोखरियामा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख रुबी ठाकुरले लघुवितबाट गाउँका महिलाहरूको गरिबी निवारण भएको बताइन्।

उनले साहुबाट ऋण लिँदा चर्को ब्याज तिर्नुपर्ने साथै ऋणको तेबरको कपाली तमसु गर्नुपर्ने समयमा ऋण पनि नपाउने ऋण पाए पनि एकमुष्ट सावा ब्याज तिर्दा समस्या भइरहेको बताइन्। तर लघुविदबाट सहज रुपमा चाहिएको बेला ऋण लिन सकिने र किस्ता किस्ता गरी पैसा तिर्न पनि सजिलो भएको बताइन्। उनले बैंकबाट लिएको ऋण बाट व्यवसाय गर्दा किस्ता तिर्न सजिलो हुने बताइन्। गाउँघरमा महिलाहरुले ऋण लिएर घर बनाउने, विवाह गर्ने, घर खर्चमा खर्च गर्ने, भएकोले किस्ता तिर्न अप्ठ्यारो भएको बताइन्। बैंकबाट लिएको ऋण माफ हुन्छ भनेर भ्रममा नपर्न आग्रह गरिन्।

स्वालम्बन विकास बैंकका इलाका प्रबन्धक शिवकुमार ठाकुरले लघुवितको स्थापना र यसबाट समुदायमा भएका फाइदा बारे जानकारी गराएका थिए। शारदादेवी रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा वाडा अध्यक्ष लक्ष्मण शाह कानु, पत्रकार शैलेश गुप्ता, लगायतले मन्तव्य व्यक्त गरेका थिए।भने कार्यक्रम सञ्चालन शाखा प्रबन्धक मुकेशकुमार यादवले गरेका थिए। कार्यक्रममा ५४ नम्बर सेन्टरका सदस्य मराछो देवीको मृत्यु भएको मा उहाँको बीमा बापतको रकम ४ लाख चेक निजका छोरा धर्मेन्द्र चौरसियालाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...