29 December ,2025,Monday

कटुवा पेस्तोल देखाएर तर्साउने खाँ पक्राउ

वीरगंज, १९ साउन । कटुवा पेस्तोल देखाएर तर्साउने एकजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठा घर भई हाल वीरगंज महानगरपालिका–१६ इनर्वास्थित ससुरालीमा बस्दै आएका ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । इनर्वा गाँउमा खाँले हतियार लिएर स्थानीयबासीलाई डरत्रास देखाउँदै घुमिरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा खटिएको टोलीले एक थान कटुवा पेस्तोलसहित आइतवार बेलुका पक्राउ गरेको प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए । पक्राउ परेका खाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर हातहतियार तथा खरखजानासम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको लम्सालले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल