29 December ,2025,Monday

नेशनल मेडिकल कलेजद्वारा बारागढीमा निश्शुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम

वीरगंज, २३ साउन । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजको आयोजना र बारागढी गाउँँपालिका, खोपवाको सहकार्यमा आज एक दिवसीय निश्शुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वरिष्ठ फिजिसियन डा. सुधाकर झा, बालरोग विशेषज्ञ डा. रञ्जित कुमार चौरसिया र स्त्री रोग विशेषज्ञ डा. संतोश झाले शिविरमा सहभागी भएकाहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । २६३ जना बिरामीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो भने ५७ जना स्वयंसेवकहरूले कार्यक्रममा रक्तदान गरेका थिए । कार्यक्रममा नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इसरत जहान अन्सारी, प्रमुख सूचना अधिकृत ई. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, गुणस्तर तथा सञ्चालन प्रमुख ब्रज किशोर चौधरी, म्याट्रोन बिकास कुमार र रक्त बैंक कार्यक्रम संयोजक बिनेश चौधरी, नगर प्रमुख अशोक कुमार जयसवाल, स्वास्थ्य सचिव ओमप्रकाश चौधरी, प्रसुती केन्द्र प्रमुख तथा अन्य पदाधिकारीहरूको सहभागीता रहेको थियो। कार्यक्रममा नगर प्रमुख अशोक कुमार जयसवालले नेशनल मेडिकल कलेजकी अस्पताल निर्देशक डा. इसरात जहान अन्सारीलाई मायाको चिनो प्रदान गर्नुका साथै सहभागी सम्पूर्ण चिकित्सक, अधिकारी तथा कर्मचारीहरूलाई सम्मानपत्र वितरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल