वीरगंज, ३१ साउन । नेवाः देय दबु वीरगंज महानगर कमिटीले शनिवार ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको लाखे नाच प्रदर्शन गरेको छ ।
परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गणेशमान चौकबाट शुरू भई बिर्ता मन्दिरसम्म लाखे नाचसहितको जुलुस प्रदर्शन गरिएको हो।
नेवारी समुदायका युवा, किशोर तथा बालबालिकाको सांस्कृतिक झाँकीमा सहभागीता थियो । परम्परागत बाजागाजा तथा नेवारी पोशाकसहित लाखेको रूप धारण गरी नृत्य प्रस्तुत गरिएका थियो । आयोजकले लाखे नाचलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र असुरमाथि सुरको विजयको प्रतीकका रूपमा रहेको र आगामी पुस्तामा परम्परा हस्तान्तरण गर्ने जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।