29 December ,2025,Monday

पत्रकारिताको माध्यमबाट नेपाल–भारतबीचको सम्बन्ध बलियो बनाउनुपर्छ– मन्त्री चौरसिया

वीरगंज, १४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले नेपाल–भारतबीचको सम्बन्धलाई पत्रकारिताबाट अझ मजबुत बनाउनुपर्ने बताएका छन् । नेपाल–भारत क्रस बोर्डर मिडिया कन्क्लेभ २०२५ को शनिवार उदघाटन गर्दै उनले सांस्कृतिक, भाषिक र सामाजिक सम्बन्ध सुदृढ भए दुवै मुलुकबीच विश्वास र आपसी समझदारी बढाउन योगदान दिने बताए । कानूनमन्त्री नेपाल र भारतबीचको सम्बन्धमा असर नपर्ने गरी पत्रकारिता गर्न आग्रह गरे । मधेस प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेलले सत्य तथ्य समाचारले मात्र दुर्ई मुलुकको सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । देशका पत्रकारले समाचार सम्प्रेषण गर्दा दुवै मुलुकको हितलाई ध्यानमा राख्नुपर्ने र अतिरञ्जना फैलाउने खालका समाचार सम्प्रेषण नगर्न उनले आग्रह गरे । दुर्ई देशको सम्बन्धलाई अझ उचाइमा पुर्याउन पत्रकारको भूमिका महŒवपूर्ण रहने उनले बताए । मिडिया फर बोर्डर हार्माेनी, नेपालको अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा भिष्वा होटलमा भएको उदघाटन कार्यक्रममा दुवै देशका पत्रकार, सम्पादक, नीतिनिर्माता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहयो। कार्यक्रममा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झा, पूर्व राजदूत विजय कान्त कर्ण, नेपाल पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदिश शर्मा र नेपाल पत्रकार महासंघका महासचिव अशोक तिवारीलगायत सहभागी थिए। आयोजकका अनुसार नेपाल–भारतका करिब ८० भन्दा बढी पत्रकार तथा सञ्चार क्षेत्रका विज्ञहरूको सहभागीतामा शुरू भएको यो कन्क्लेभले नेपाल–भारत मिडिया नेटवर्क स्थापना गर्ने बाटो खोल्ने र दीर्घकालीन सहकार्यलाई संस्थागत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल