15 September ,2025,Monday

बेवारिसे अवस्थामा महिलाको उद्धार

वीरगंज, १६ भदौ । मानवसेवा आश्रम वीरगंजले सोमवार बारा जिल्लाको जितपुर सिमरा उप–महानगरपालिका वडा न. १८ बडहर्वा चोकबाट मानसिक अवस्था कमजोर भएको एकजना महिलाको उद्धार गरेको छ ।
अन्दाजी ४० वर्षीय उक्त महिलाले आफ्नो नाम नाएदा खातुन र ठेगाना प्रष्ट बताउन नसकेपछि उद्धार गरिएको मानवसेवा आश्रम वीरगंजले जनाएको छ ।
आश्रम लगे पश्चात उनको सरसफाई नुहाइ धुहाईपछि डाक्टर भरत गोइतको निगरानीमा औषधि उपचार हुनेछ । मानवसेवा आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्ता, अभिभावक–सामाजिक अभियन्ता प्रकाश थारू, आश्रमकी संयोजक मुना मगर, आश्रमका स्वयम्सेवक सरोज वि.क, दिपेन्द्र चौधरी, प्रहरी चौकी जैतापुरका प्रहरी हवलदार बब्लु सिंह, वडाध्यक्ष चतुर बाबु वाग्ले लगायतले महिलाको उद्धार गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...