20 September ,2025,Saturday

पर्सामा ४ हजार प्रतिबन्धित बोईलर कुखुरा चल्ला सहित मोटरसाइकल बरामद, खाडल खनेर नष्ट

अभिलाष गुप्ता

वीरगंज, ३ असोज । जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–१९ केहुनिया स्थित नं. १३ गण हे.क्वा. पर्साबाट स.प्र.स.नि संजिव कुमार यादवको कमाण्डमा खटिएको ७ जनाको गाडी मोवाईल टोलीले ठूलो परिमाणमा प्रतिबन्धित बोईलर कुखुरा चल्ला बरामद गरेको छ।

मोवाईल टोलीले भारततर्फबाट अबैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको ना ४१ प ४२२ नम्बरको मोटरसाइकलमा लोड गरिएका करिब ४,००० वटा चल्ला ९अ।मूल्य करिब रु। १,००,०००० बरामद गरेको हो। प्रहरीले बताएअनुसार मोटरसाइकल चालकले टोली देख्नेबित्तिकै मोटरसाइकल छाडी फरार भएका थिए।

बरामद गरिएका चल्लाहरूलाई स्थानीय पत्रकार, जनप्रतिनिधि, नेपाल प्रहरी र पशु क्वारेन्टिन कार्यालयका प्रतिनिधिको उपस्थितिमा गणको पेरिमिटरभित्र खाडल खनेर पुरेर नष्ट गरिएको छ।

नं। १३ गणका अनुसार बरामद मोटरसाइकललाई भन्सार बुझाउने प्रक्रिया अघि बढाइएको छ। सुरक्षाबलले यस्ता अवैध गतिविधि रोकथामका लागि सीमा क्षेत्रमा निगरानी अझ कडाइका साथ गर्ने जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...