6 October ,2025,Monday

वीरगंजमा यात्रु सहायता कक्ष सञ्चालन, दसैं-तिहार र छठ पर्वमा यात्रुलाई सहजता

अभिलाष गुप्ता

वीरगंज, ६ असोज । दसैं, तिहार र छठ जस्ता ठूला चाडपर्व सुरु हुन लागेसँगै यात्रुहरूको चाप असामान्य रूपमा बढ्ने भएकाले यात्रुहरूलाई सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न पर्सा प्रहरीले विशेष पहल गरेको छ। यात्रुहरूको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै आजदेखि बिरगंजको विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष ९हेल्प डेस्क० स्थापना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्टको संयुक्त पहलमा यो सेवा सुरु गरिएको हो। उद्घाटन कार्यक्रमपछि डिएसपी लम्सालले यात्रुको भीड बढी हुने समयमा यात्रु सहायता कक्षहरूले सूचना, दिशा–निर्देशन र आपतकालीन सहयोग प्रदान गर्ने बताएका छन्।

स्थापना गरिएका सहायता कक्षहरू बिरगंजका प्रमुख पाँच स्थानमा रहेका छन् घन्टाघर,बिरगंज भन्सार क्षेत्र (शंकराचार्य गेट) बसपार्क चौक,परवानीपुर चौक र अन्य रणनीतिक स्थानहरूमा यस पहलले यात्रुहरूको सुरक्षामा सुधार ल्याउने र दुर्घटना वा अन्य सम्भावित समस्या कम गर्ने अपेक्षा गरिएको छ। प्रहरीका अनुसार सहायता कक्षमा खटाइएका प्रहरी र स्वयंसेवकहरूले यात्रुहरूलाई टिकट, गन्तव्य सम्बन्धी जानकारी, हराइपत्ता, सवारी साधन व्यवस्थापन र आपतकालीन अवस्थाको सहयोग उपलब्ध गराउनेछन्।

प्रहरी प्रमुख भट्टले भने, “चाडपर्वको समयमा यात्रुहरूको भीड अत्यधिक हुने भएकाले हामीले यो विशेष पहल गरेका हौं। यो सेवा निरन्तर सञ्चालन हुनेछ र यात्रुलाई सजिलो, सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ।”

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...