31 October ,2025,Friday

गोल्डेनको हत्याको आरोपमा थप एकजना बालक पक्राउ

वीरगंज, २२ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले गोल्डेन भन्ने शिवम साह कानूको हत्यामा संलग्न थप एकजना बालकलाई पक्राउ गरेको जनाएको छ । असोज १४ गते बारा, परवानीपुर गाउँपालिका–९ घर भई वीरगंज महानगरपालिका वडा नं. १० बस्ने वर्ष २० को गोल्डेन भन्ने शिवम साह कानूको खुनी दरिन्दे समूहले कर्तव्य गरी मारेको घटनामा संलग्न भई फरार रहेका बालकलाई पक्राउ गरिएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी गराएका छन् । सो बालकलाई मंगलवार पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ लम्सालले जानकारी गराएको छ । प्रहरीले सो बलकको नामक गोप्य राखेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...