15 October ,2025,Wednesday

जगरनाथपुर गाउँपालिकामा वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता सुरु

अभिलाष गुप्ता

वीरगंज,२८ असोज । शुभ दीपावलीको पावन अवसरमा पर्साको जगरनाथपुर गाउँपालिकाले आयोजना गरेको वडा अध्यक्षस्तरीय क्रिकेट प्रतियोगिता मंगलबारदेखि मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहामा सुरु भएको छ।

उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम रहनुभयो। उद्घाटन सत्रमा उप–प्रमुख आलमले फिता काटी खेलको शुभारम्भ गर्दै बैटिङ्ग गरेर प्रतियोगिताको औपचारिक सुरुवात गर्नुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख आलमले खेलप्रति देखाइएको स्थानीय उत्साहप्रति प्रशंसा व्यक्त गर्दै भन्नुभयो, “म बाल्यकालदेखि क्रिकेट खेलप्रति निकै रुचि राख्थें र एक बलरको रूपमा पनि खेल्ने गर्थें। खेलले मानिसलाई शारीरिक र मानसिक रूपमा सशक्त बनाउँछ। अहिले नेपालले टि–२० विश्व छनोट खेलमा आफ्नो स्थान सुरक्षित गरेको छ, जुन हाम्रो लागि गौरवको कुरा हो।”

उहाँले थप भन्नुभयो, “जगरनाथपुरका युवामा देखिएको उत्साहले भविष्यमा यहींका खेलाडीहरूलाई राष्ट्रिय टोलीमा देख्ने मेरो चाहना हो। सबै टोलीलाई सफल खेल र जितको लागि शुभकामना दिन चाहन्छु।”

कार्यक्रमको अध्यक्षता गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले गर्नुभएको थियो। कार्यक्रममा नेपाली काँग्रेस पर्साका सह–सचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगितामा गाउँपालिकाका विभिन्न वडा टोलका टिमहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुने जनाइएको छ। खेललाई सफल बनाउन स्थानीय युवा, खेलप्रेमी तथा स्वयंसेवकहरूको उल्लेखनीय भूमिका रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...