15 October ,2025,Wednesday

वीरगंजमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आलखिया मठ परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ असोज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, पर्साको आयोजनामा आज वीरगंज–६ मकालु होटल नजिक अवस्थित शिवभगवानको मन्दिर तथा आलखिया मठ परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मन्दिरको भित्री र बाहिरी परिसरमा सफाइ कार्य गरी वातावरण स्वच्छ र आकर्षक बनाइएको थियो। उक्त सफाई कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका वरिष्ठ सई सुरेन्द्र बहादुर टेरको नेतृत्वमा गएका प्रहरी जवानहरु,स्थानीय बासिन्दा, व्यवसायी र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका आजीवन सदस्य एवं पदाधिकारीहरु एवं नेपाल ईनोभेटिभ सोसाइटी बिरगंजका अध्यक्ष कमल चौगाई,महानगरपालिकाको सरसफाईका प्रमुख सर्फुदिन मिया लगाएत कर्मचारीको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभएको थियो। उहाँले सरसफाई केवल सौन्दर्यका लागि मात्र नभई जनस्वास्थ्य र सामाजिक चेतनाको प्रतीक भएको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सरसफाई कार्यक्रममा सामुदायिक प्रहरीका प्रतिनिधिहरूले पनि सहभागी जनाउँदै “सफासुग्घर समाज हाम्रो पहिचान” भन्ने नारासहित स्थानीयलाई वातावरणीय सरसफाईमा सक्रिय सहभागिताको आग्रह गरेका थिए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सामुदायिक प्रहरी सेवा केन्द्रको यो प्रयासले समाजमा सफासुग्घर र अनुशासित समुदाय निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।यस अवसरमा मठपरिसरका विभिन्न भागमा फोहोर तथा प्लास्टिकजन्य वस्तुहरू संकलन गरी व्यवस्थापन गरिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...