16 October ,2025,Thursday

७० औं प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ असोज । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ७० औं प्रहरी दिवसको अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय, बिरगंज पर्सा तथा जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा आज वीरगंज महानगरपालिका–१५, भिष्वा डाँडा बुद्ध मन्दिर परिसरमा एक बृहत सफाइ अभियान सम्पन्न गरिएको छ।

उक्त कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगंजका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं लगायत प्रहरीका विभिन्न शाखाका अधिकारी तथा प्रहरी जवानहरूको सक्रिय सहभागिता रहेको थियो।

सफाइ कार्यक्रममा सहभागी प्रहरी अधिकारीहरूले स्थानीय समुदायसँग मिलेर मन्दिर परिसर र वरिपरिका क्षेत्रहरूमा फोहरमैला उठाउने, वातावरणीय सरसफाइ गर्ने र जनचेतनामूलक सन्देश फैलाउने कार्यमा सहभागिता जनाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि एसएसपी शान्तिराज कोईरालाले प्रहरी दिवस केवल औपचारिकता नभई प्रहरी र समुदायबीचको विश्वास, सहकार्य र साझेदारी बलियो बनाउने अवसर भएको उल्लेख गर्नुभयो। उहाँले प्रहरीको दायित्व केवल कानून कार्यान्वयनमा सीमित नभई समाजसेवा र नागरिक सचेतनामा पनि महत्वपूर्ण भूमिका रहेको बताउनुभयो।

डीएसपी किशोर लम्सालले यस्ता कार्यक्रमहरूले प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सफाइले वातावरणीय सन्तुलनका साथै नागरिकमा जिम्मेवारी र अनुशासनको भावना बढाउने बताउनुभयो।

सो अवसरमा उपस्थित प्रहरी र स्थानीय प्रतिनिधिहरूले आगामी दिनहरूमा पनि निरन्तर सरसफाइ र सामाजिक जिम्मेवारीसम्बन्धी अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमले प्रहरी दिवसको मूल मन्त्र “प्रहरी जनताको साथी, सेवा र सुरक्षाका लागि सधैं तत्पर” लाई व्यवहारिक रूपमा उजागर गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...