27 December ,2025,Saturday

किरण आँखा अस्पताल द्वारा सखुवा प्रसौनी महुवनमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ असोज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, महुवनमा आज बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरिएको छ।

शिविरमा करिब ४७० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २५ जनामा सामान्य दृष्टि त्रुटि (Error) समस्या पहिचान गरिएको विद्यालयका स्रोतले जानकारी दिएको छ।

उक्त शिविरमा किरण आँखा अस्पतालका सञ्चालक डा. अमर क्यालको समन्वयमा स्वास्थ्यकर्मी मुस्कान, रामबाबु, कविता, कुमार, शोभा र रुबीलगायतको टोलीले सक्रिय सहभागिता जनाएका थिए।

शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूले समेत आँखा परीक्षण गराएका थिए। सहभागीहरूले निःशुल्क स्वास्थ्य परीक्षणबाट प्रत्यक्ष लाभ लिएका छन्।

डा. अमर क्यालले जानकारी दिँदै भने, “निःशुल्क आँखा परीक्षण शिविरले विद्यालय क्षेत्रका विद्यार्थी तथा स्थानीय समुदायमा आँखा स्वास्थ्यप्रतिको सचेतना बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।”

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल