16 October ,2025,Thursday

रिलिफ सोसाइटी अफ कमर्सको ३४औं वार्षिक साधारणसभा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ असोज । वीरगंज–१० आदर्शनगरस्थित रिलिफ सोसाइटी अफ कमर्सको ३४औं वार्षिक साधारणसभा तथा समारोह आज बुधवार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता योगेन्द्र प्रसाद यादवले गरेका थिए भने प्रमुख अतिथि रूपमा उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष हरि गौतमको विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा विशिष्ट अतिथि निबर्तमान अध्यक्ष अशोक कुमार लाठ तथा उद्योग वाणिज्य संघ वीरगंजका उपाध्यक्ष माधव राजपाल रहेका थिए।

साधारणसभाले रिलिफ सोसाइटी अफ कमर्सको नयाँ कार्यसमिति गठन समेत गरेको छ। जसअनुसार अध्यक्षमा योगेन्द्र प्रसाद यादव, कोषाध्यक्षमा सुनिल कुमार खेतान, कार्यसमिति सदस्यमा गणेश प्रसाद लाठ र अनिल कुमार मोदी निर्विरोध निर्वाचित भएका छन्।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृतका रूपमा अधिवक्ता बालमकुन्द खरेल उपस्थित रहेका थिए।त्यस अवसरमा वरिष्ठ समाजसेवी पशुपति बिक्रम साह, समाजसेवी उषा साह, वरिष्ठ पत्रकार एवं प्रतीक दैनिकका प्रधान सम्पादक जगदीश प्रसाद शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश अग्रवाललगायतका अतिथिहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले रिलिफ सोसाइटी अफ कमर्सले व्यापारी तथा स्थानीय समुदायबीच एकता, सहयोग र सामाजिक उत्तरदायित्वमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए। उक्त कार्यक्रमको सञ्चालन निरज अग्रवालले गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...