16 October ,2025,Thursday

प्रहरी दिवसको अवसरमा पर्सा प्रहरीको रक्तदान कार्यक्रम

वीरगंज ३० असोज । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७०औं प्रहरी दिवस–२०८२ को अवसरमा एक विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित जिल्ला प्रहरी कार्यालय पर्साको प्राङ्गणमा सम्पन्न उक्त कार्यक्रममा प्रहरीका जवान, अधिकारीहरू, नागरिक समाजका प्रतिनिधि तथा स्थानीय स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
रक्तदान कार्यक्रमलाई रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाको नेतृत्वमा पुगेको टोलीले प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रमका क्रममा एक जना महिला सहित कुल ६७ जनाले रक्तदान गरेका थिए।
रक्तदान गर्नेहरूमा रामसुन्दरी यादव, धर्मेन्द्र प्रसाद, सम्बर गुरुङ, मनोर रसाइली, केदार तिमल्सिना, मोहम्मद जलीम अख्तर, गुलशन कुमार यादव, अफरोज आलम, ऋषिराम भट्टराई, लालबहादुर साह, मोतीलाल पासवान, लक्ष्मण कुमार यादव, सुदन पुरी, रामचन्द्र यादव, मुकेश राय लगायतका व्यक्तिहरू रहेका थिए।
कार्यक्रमको विशेष उपस्थितिमा पर्साका प्रहरी प्रमुख एसपी सुदीप राज पाठक तथा डिएसपी किशोर लम्साल उपस्थित रहेका थिए। उनले रक्तदान जीवनदान हो भन्दै यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ प्रगाढ बन्ने बताएका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...