15 July ,2026,Wednesday

कर्तव्य ज्यान मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, १३ कात्तिक । कर्तव्य ज्यान मुद्दामा १ वर्ष कैद र रू. १० हजार जरिवाना तोकिएपछि फरार भएका एकजना प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
२०७८।०१।०३ गते ५ः०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१७ अलौ बस्ने वर्ष २२ की रबिना खातुनलाई दाईजोको बिषयलाई लिएर मानसिक यातना तथा कुटपिट गरी हत्या गरी साहजिम मियाँँ अन्सारी फरार भएका थिए ।
रबिना खातुनलाई कुटपिट तथा कर्तव्य गरी हत्या गरेको घटनामा संलग्न रही वारदात पश्चात फरार रहेका वीरगंज महानगरपालिका वडा नं.१७ बस्ने वर्ष २५ को साहजिम मियाँ अन्सारीलाई आज बिहान सूचना आधारमा प्रहरीले पक्राउ गरिएको जिप्रका, पर्साले जनाएको छ ।
अन्सारीलाई घरबाट पक्राउ गरी पर्सा जिल्ला अदालतमा बुझाउने जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...