spot_img

21 February ,2026,Saturday

समाजको उन्नति महिलाको सहकार्यबिना असम्भव छ : विमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण १३ कार्तिक । हालको समय र परिवेशमा हाम्रो समाजलाई प्रायः पुरुषप्रधान मानिन्छ, जहाँ पुरुषलाई महिलाभन्दा बढी मान–सम्मान र अधिकारको पात्र ठानिन्छ। तर यस्तो सोच गलत हो। उक्त विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा सञ्चार प्रभारी एवं समाजसेवी लायन विमल सर्राफले प्रेससँगको कुराकानीमा व्यक्त गरे।

उनका अनुसार जस समाजमा पुरुषलाई महिलाभन्दा बढी योग्य र सामर्थ्यशाली ठानिन्छ, त्यो समाज कहिल्यै विकासको बाटोमा अघि बढ्न सक्दैन। समाज सञ्चालनका लागि पुरुष एक पक्ष हुन् भने बाँकी आधा पक्ष महिलाको सम्मान र योगदानबिना समाज अधुरो रहन्छ।

“हामी मानिस कसरी भयौंरु” सर्राफले भने, “किनकि कुनै महिलाले हामीलाई आफ्नो गर्भमा पालेकी थिइन् र जीवन प्रदान गरेकी थिइन्। यदि आमाको सहारा नपाएको भए हामी असहाय हुने थियौं। उनले थपे, “हामी हाम्रो जीवनको आधारभूत संरचनामा महिला वर्गमा निर्भर छौं।

उनले भने, मानव जीवनको साँचो अर्थ तब मात्र प्राप्त हुन्छ जब हामी महिलाको सम्मान गर्छौं र उनको प्रगतिको दिशामा काम गर्न सोच्दछौं। पुरुषप्रधान समाजमा महिलाको साँचो गौरव तब प्रकट हुन्छ जब उनीहरूलाई मानव जातिको उन्नतिमा बराबरीको अवसर मिल्छ।

विमल सर्राफका अनुसार, आज मानवता एउटा यस्तो मोडमा उभिएको छ जहाँ महिलाको सहभागितामात्र त्यसलाई बचाउन सक्छ। महिलाहरू समाजकी जननी मात्र होइनन्, समाजकी निर्मात्री र साँचो शोभा पनि हुन्।

उनले जोड दिए, महिलामा अरूलाई एकताबद्ध राख्ने र उनीहरूमा शक्ति जागृत गर्ने अद्भुत गुण हुन्छ। उनीहरू केवल शरीर निर्माणकर्तामात्र होइनन्, मानव समाजकी सच्ची साथी र मार्गदर्शक पनि हुन्।

अन्त्यमा सर्राफले भने, समाजका हरेक व्यक्ति सकारात्मक सोचका साथ अघि बढेर महिलाको सुनिश्चित सहभागिताका लागि प्रयासरत हुनुपर्छ। अहिले पनि आधा जनसंख्या अर्थात् महिलाको साथ समाजले पूर्णरूपमा पाएको छैन। यदि यो साथ प्राप्त भयो भने समाजको उन्नतिलाई कुनै पनि शक्ति रोक्न सक्दैन।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल