15 July ,2026,Wednesday

वीरगंजमा ६औं कर्पोरेट सुपर सिक्स क्रिकेट: २४ टिमको सहभागितासहित मंसिर २० र २७ गते हुँदै

अभिलाष गुप्ता

वीरगंज, ३० कार्तिक । वीरगंज स्पोर्ट्स एकेडमी (BSA) र लायन्स क्लब अफ वीरगंज परिवारको संयुक्त आयोजनामा बीरगंजमा ६औं कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ। पाँच ओभरको खेलमा छ–छ खेलाडी सहभागी हुने लिग तथा नकआउट मिश्रित प्रारूपमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जानकारी दिएका छन्।

कर्पोरेट क्षेत्रबीच आपसी सम्बन्ध सुदृढ बनाउने, मनोरञ्जन प्रवाह गर्ने र कर्पोरेट स्पोर्ट्स कल्चरलाई सुदृढ गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको BSA का सचिव नरेश रौनियारले बताए। उनका अनुसार, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, फर्मास्यूटिकल्स, सवारी साधन बिक्रेता कम्पनी, उत्पादनमुखी उद्योग तथा अन्य कर्पोरेट संस्थाका २४ टिमसम्म प्रतियोगितामा सहभागी हुनेछन्। केही टिमले पहिले नै दर्ता प्रक्रिया पूरा गरिसकेको पनि उनले जानकारी दिए।

पहिले भएका पाँच सिजन सफल
यसअघि २०१३, २०१४, २०१५, २०१८ र २०२४ मा पाँच संस्करण सफलतापूर्वक सम्पन्न भइसकेका छन्। गत वर्षको उपाधि अग्नि ग्रुपले जितेको थियो। यसपटक पनि प्रतिस्पर्धा उच्च स्तरको हुने अपेक्षा गरिएको छ।

रंगशालामा हुने खेल, २४ भन्दा बढीले दर्ता अनुरोध
प्रतियोगिता आदर्शनगरस्थित रंगशालामा मंसिर २० र २७ गते हुने कार्यक्रम तय गरिएको छ। लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार २४ स्थान मात्र राखिएको भए पनि २४ भन्दा धेरै क्लबले सहभागिताका लागि अनुरोध गरेका छन्, जसले प्रतियोगिताप्रतिको चासो झनै बढेको देखिन्छ।

४ लाख बजेट, उत्कृष्ट खेलाडीलाई विशेष सम्मान
करीब रु. ४ लाख लागतमा आयोजना हुन लागेको प्रतियोगितामा विजेता र उपविजेतालाई सिल्ड तथा उत्कृष्ट बलर, ब्याट्सम्यान, फिल्डर तथा खेलाडीहरूलाई पदकद्वारा सम्मान गरिने आयोजकले जनाएको छ।

वीरगंजमा कर्पोरेट क्षेत्रका बीच खेलकुद सम्बन्ध विस्तार र सकारात्मक वातावरण निर्माण गर्न महत्वपूर्ण मानिएको यो प्रतियोगिता यस वर्ष पनि उत्साहजनक रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...