28 June ,2026,Sunday

प्रतियोगिताका लागि क्याप्टेन्स मिट सम्पन्न

वीरगंज, ०४ माघ । प्याब्सन पर्साको आयोजनामा माघ ८ गतेदेखि शुरू हुने १० औं संस्करणको प्याब्सन अन्तरविद्यालय टि–२० नकआउट क्रिकेट प्रतियोगिता तथा माघ १० गतेदेखि सञ्चालन हुने जुनियर फुटबल प्रतियोगिताका लागि क्याप्टेन्स मिट आईतवार मुनालाइट स्कूलमा सम्पन्न भएको छ ।

क्याप्टेन मिटमा क्रिकेटतर्फ ४० सहभागी विद्यालयका टिम कोच र क्याप्टेन तथा फुटबलतर्फ २१ सहभागी विद्यालयका टिम कोच र कप्तानहरूको उपस्थिति थियो ।

क्रिकेट टेक्निकल टिमका सदस्य निरज झाले क्रिकेट खेलका विविध नियम, प्राविधिक पक्ष तथा अनुशासन सम्बन्धी विषयमा सहभागीहरूलाई स्पष्ट पारेका थिए । त्यसैगरी फुटबल टेक्निकल प्रमुख लखन चौधरीले फुटबल प्रतियोगिता सम्बन्धी नियम तथा खेल सञ्चालन प्रक्रियावारे जानकारी गराएका थिए ।

कार्यक्रममा प्याब्सन मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमदले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद प्रतियोगिताको महTववारे प्रकाश पार्दै यस्ता प्रतियोगिताले अनुशासन, नेतृत्व र सहकार्यको भावना विकास गर्ने बताए । जिल्ला अध्यक्ष तथा क्रिकेट प्रतियोगिताका संयोजक सरोज प्रसाद चौधरीले प्रतियोगिताको उद्देश्य, तालिका, व्यवस्थापन तथा अपेक्षावारे कोच र कप्तानहरूलाई विशेष जानकारी गराएका थिए ।

दुवै प्रतियोगिताको टाइसिटका लागि ड्र कार्यक्रम सम्पन्न गरिएको थियो । प्याब्सन पर्साले हरेक वर्ष आयोजना गर्दै आएको अन्तरविद्यालय खेलकुद प्रतियोगिताले विद्यार्थीहरूमा खेल प्रतिभा उजागर गर्नुका साथै विद्यालयस्तरमा खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्रुयाउँदै आएको प्याब्सन पर्साका जिल्ला सचिव अशोक संग्रौलाले बताउनुभयो ।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा हरिशंकर साह, छेदुप लामा, श्याम केसी, सुशिल केसी, क्रिकेट टेक्निकल प्रमुख सतिश सिंह राजपुत, फुटबल टेक्निकल प्रमुख अर्जुन गुप्ताको उपस्थिति थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...