28 June ,2026,Sunday

वीरगंज युवा समाजद्वारा क्यान्सर पीड़ितलाई आर्थिक सहयोग

अभिलाष गुप्ता

वीरगंज ०९ माघ। वीरगंज युवा समाजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङ्ग जिल्ला, उर्लाबारी नगरपालिका, अठीयाबारी -८ निवासी क्यान्सर पीड़ित बीर बहादुर धिमाल जो विगत केही समयदेखि आंद्राको क्यान्सर रोगबाट ग्रसित हुनुहुन्छ, उहाँको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।

वीरगंजबाट समाजका अध्यक्ष संजीव थापा, रकम संकलनका संयोजक बिनोद धिमाल, सदस्यहरु रोशन गुप्ता, मनोज गुप्ता र सुशील सिंह सहितका टोली भरतपुर महानगरपालिका-७ अवस्थित बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल पुगी क्यान्सर पीडितलाई नगद रु.५५०००/- (पचपन्न हजार रुपैया) हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष थापाले भन्नुभयो “उपचार अभावमा आर्थिक संकट झेलिरहेका पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले यो सानो सहयोग गरिएको हो । “हाम्रो सानो प्रयासले कसैको ज्यान जोगिन्छ भने त्यो नै सबैभन्दा ठूलो धर्म हो।

आगामी दिनमा पनि असहाय र विपन्न वर्गका लागि हाम्रो अभियान जारी रहनेछ। “वीरगंज युवा समाजले केवल उत्सव र कार्यक्रम मात्र नभई विपद् र रोग व्याधिमा पनि समाजको साथमा रहने छ।”

“सेवा नै धर्म हो ।” यही भावनालाई आत्मसाथ गर्दै सो अवसरमा कार्यक्रम संयोजक बिनोद धिमालले सम्पूर्ण सहयोगी हाथहरुलाई देखाएको यो मानवीयता प्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भोगिरहेका पीडित परिवारले वीरगंज युवा समाजलाई मृत्युसँग लडिरहेका एक क्यान्सर पीडित का लागि आशाको किरण बनेर उभिएकोमा आभार प्रकट गरेका छन् । साथै सम्भव भएसम्म सबैलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...