28 June ,2026,Sunday

काव्या एकेडेमीद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १० माघ । काव्या एकेडेमीको आयोजनामा वसन्त पञ्चमी अर्थात् श्री सरस्वती पूजाको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ज्ञान, कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, शिक्षाविद्, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रम काव्या एकेडेमीकी प्रधानाध्यापक श्रीमती ममता कुशवाहाको उद्घोषणासहित सुरु भएको थियो। कार्यक्रमका स्वागत कर्ता श्री संदीप कुशवाहाले उपस्थित सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई हार्दिक स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा शिक्षा विकास तथा समन्वय ईकाई पर्साका शाखा अधिकृत श्री विद्यानन्द प्रसाद यादवको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न शैक्षिक संस्था, समाजसेवी, सञ्चारकर्मी तथा बुद्धिजीवीहरूको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, कविता तथा शैक्षिक प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । प्रमुख अतिथि श्री विद्यानन्द प्रसाद यादवले यस्ता सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै काव्या एकेडेमी सुझावपूर्ण शैक्षिक योगदानको प्रशंसा गर्नुभयो ।

काव्या एकेडेमीका म्यानेजिङ डाइरेक्टर श्री हरिन्द्र कुशवाहाले सम्पूर्ण अतिथि, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि गुणस्तरीय शिक्षासँगै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको जानकारी काव्या एकेडेमीले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...