28 June ,2026,Sunday

पर्सा–१ मा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फद्वारा वीरगंज–१६ इनर्वामा घरदैलो तथा संवाद कार्यक्रम

अभिलाष गुप्ता

वीरगंज, १२ माघ ।  पर्सा क्षेत्र नम्बर–१ बाट जनमत पार्टीको तर्फबाट उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर–१६ अन्तर्गत इनर्वा दक्षिण टोलमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उम्मेदवार सरार्फलाई स्थानीयवासीहरूले फूलमाला, अबिर तथा सम्मानसहित भव्य स्वागत गरेका थिए। घरदैलो तथा संवादका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले क्षेत्रका समस्या, आवश्यकता र विकासका सम्भावनाबारे छलफल गरेका थिए।

उम्मेदवार सरार्फले मुलुकमा देखिएको राजनीतिक अस्थिरता, बेरोजगारी, विकासको अभाव र जनताको निराशाबाट निकास दिन जनमत पार्टी नै एकमात्र विकल्प भएको दाबी गरे। उनले विकास र समृद्धिका लागि जनमत पार्टीको चुनाव चिह्न ‘हर्न’ मा मतदान गर्न आग्रह गर्दै सबै मतदातालाई जनमत पार्टीमा गोलबन्द हुन आह्वान गरे।

 

कार्यक्रममा जनमत पार्टीका नेताहरू बिध्यालाल प्रसाद, रम्भा मिश्रा, भुपेन्द्र साह, सिए देवराज, दिनानाथ साह, सुनिल गुप्ता, सहनवाज राकी, सत्ययुग साह, नरेश राम, सिकेश महतो, निराजन कुशवाहा, तुलसी राम लगायतका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारण गरी सयौंको सहभागिता रहेको जनाइएको छ।

स्थानीयवासीहरूले आफ्नो क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत पूर्वाधारमा सुधारको अपेक्षा व्यक्त गर्दै उम्मेदवार सरार्फप्रति विश्वास व्यक्त गरेका छ्न।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...