28 June ,2026,Sunday

वीरगंजमा महिन्द्राका अत्याधुनिक ईभी BE 6 र XEV 9 E सार्वजनिक, दिगो यातायाततर्फ महत्वपूर्ण कदम

वीरगंज, १२ माघ । महिन्द्रा एन्ड महिन्द्रा ग्रुपको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपले महिन्द्राका दुई नयाँ अत्याधुनिक इलेक्ट्रिक सवारी साधन BE 6 र XEV 9 E मोडेललाई वीरगंजमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।

वीरगंजको भिष्वा होटलमा आयोजित विशेष समारोहबीच यी नयाँ ईभी मोडेलहरू सार्वजनिक गरिएको हो। कार्यक्रममा जानकारी दिँदै महिन्द्राका नेपाल तथा भुटानका लागि मार्केटिङ प्रमुख चेतन्य केलकरले BE 6 र XEV 9 E हालसम्म नेपालमा उपलब्ध ईभी गाडीहरूमध्ये उत्कृष्ट प्रविधियुक्त रहेको दाबी गरे।

उनका अनुसार यी ईभी गाडीहरू तराई, पहाड र हिमाल तीनै भौगोलिक क्षेत्रका लागि उपयुक्त हुनुका साथै लामो दूरीको यात्राका लागि पनि सक्षम र भरपर्दा छन्। शक्तिशाली ब्याट्री, आधुनिक डिजाइन र उन्नत सुरक्षात्मक विशेषताले यी मोडेललाई नेपाली बजारमा अलग पहिचान दिलाउने विश्वास व्यक्त गरिएको छ।

महिन्द्राले करिब ३५ वर्षअघि वीरगंजबाटै नेपालमा पहिलो शोरुम सञ्चालन गर्दै आफ्नो व्यवसायिक यात्रा सुरु गरेको स्मरण गर्दै हाल देशभर आफ्नो बजार विस्तार गरिसकेको जानकारी पनि कार्यक्रममा दिइयो।

लन्चिङ कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै कार्यक्रममा उद्योगी–व्यापारी, व्यवसायिक क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अग्नि ग्रुपले यी नयाँ ईभी मोडेल मार्फत नेपालमा दिगो यातायात, वातावरणमैत्री सवारी र हरित ऊर्जा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...