28 June ,2026,Sunday

भारतको ७७ औँ गणतन्त्र दिवसमा बृहस्पति फाउन्डेशनद्वारा शुभकामना

अभिलाष गुप्ता

वीरगंज, १२ माघ । छिमेकी मित्र राष्ट्र भारतको ७७ औँ गणतन्त्र दिवसको अवसरमा बृहस्पति फाउन्डेशन नेपालले विशेष शुभकामना व्यक्त गरेको छ। फाउन्डेशनका अध्यक्ष तथा विश्व ज्योतिष महासंघका एसिया उपसभापति डा. पुरुषोतम दुबेले शुभकामना सन्देश जारी गर्दै भारत सरकार र सम्पूर्ण भारतीय जनतालाई हार्दिक बधाई दिएका हुन्।

शुभकामना सन्देशमा डा. दुबेले गणतन्त्र दिवसलाई लोकतन्त्र, संविधानको गरिमा र जनसत्ताको सम्मानको प्रतीकको रूपमा उल्लेख गर्दै भारतको लोकतान्त्रिक स्थिरताले छिमेकी राष्ट्रहरूलाई पनि सकारात्मक सन्देश दिने विश्वास व्यक्त गर्नुभयो।

उहाँले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा गहिरो रहेको उल्लेख गर्दै आगामी दिनमा यो सम्बन्ध अझ सुदृढ र समृद्ध हुने अपेक्षा गर्नुभयो।

यस अवसरमा बृहस्पति फाउन्डेशन नेपालको तर्फबाट विशेष शुभकामना पोस्टर समेत सार्वजनिक गरिएको छ। उक्त पोस्टरले नेपाल–भारतबीचको मित्रता, सद्भाव र भाइचाराको सन्देश प्रवाह गरेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...