28 June ,2026,Sunday

परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको बैठक सम्पन्न, क्षेत्र नं १ को उमेदवार रुङटालाई जिताउन मुस्लिम समुदाय एकजुट

वीरगंज, १३ माघ । पर्साको परवानीपुरमा नेपाल मुस्लिम संघ पर्साको आयोजनामा बैठक कार्यक्रम सम्पन्न भएको छ। सो बैठक नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँको अध्यक्षतामा बसेको थियो। बैठकमा नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटालाई आगामी निर्वाचनमा विजयी गराउने विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले नेपाली कांग्रेस सधैं समावेशी लोकतन्त्र, सामाजिक न्याय र अल्पसंख्यक समुदायको हकहितका पक्षमा उभिँदै आएको उल्लेख गरे। उनले क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा जनताका दुःख–सुख बुझ्ने, इमानदार र विकासप्रति प्रतिबद्ध नेता भएको भन्दै सबै समुदायलाई एकताबद्ध भएर कांग्रेसलाई जिताउन आग्रह गरे।

नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदीले मधेस, मुस्लिम समुदाय तथा आम नागरिकको अधिकारका लागि नेपाली कांग्रेसको ऐतिहासिक योगदान रहेको बताए। उनले अवसरवाद र स्वार्थका लागि विचार बदल्ने प्रवृत्तिले जनताको विश्वास गुमाउने उल्लेख गर्दै स्थायित्व र लोकतान्त्रिक मूल्यका लागि कांग्रेसको विकल्प नरहेको धारणा राखे।

नेपाल मुस्लिम संघ पर्साका अध्यक्ष हबिब मियाँले क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा मुस्लिम समुदायका भावना बुझ्ने र सदैव साथ दिने नेता भएको बताए। उनले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका सवालमा रुङटाको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै मुस्लिम समुदाय एकजुट भएर उनको समर्थनमा उभिएको बताए।

त्यसैगरी उम्मेदवार अनिल रुङटाले आफूले सबै समुदायलाई साथमा लिएर क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मुस्लिम समुदायसहित मधेसी, दलित, महिला र युवाको अधिकार सुनिश्चित गर्न नेपाली कांग्रेसको नीति तथा कार्यक्रमअनुसार इमानदार प्रयास गर्ने बताए।

कार्यक्रममा मुस्लिम समुदायका सचिव तबरेज मियाँले मन्तव्य राख्दै प्रदीप यादव मधेसी एजेन्डाबाट उदाएका नेता भए पनि मधेस आन्दोलनका बेला एमाले पार्टीको विरोध गर्ने व्यक्ति आज व्यक्तिगत स्वार्थ पूरा गर्न सहिदको इमान बेचेर एमालेमा प्रवेश गरेको आरोप लगाए।

उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय कुमार द्विवेदी, सचिव इम्तियाज आलम,क्षेत्र नं १ को क्षेत्रीय सभापति अरबिन्द गुप्ता,क्षेत्र नं २ को क्षेत्रीय सभापति तथा नेपाल मुस्लिम संघका केन्द्रीय उपाध्यक्ष मो. साबुदिन, लगायत पार्टीका कार्यकर्ता तथा मुस्लिम संघका जनप्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...