28 June ,2026,Sunday

प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, रोमाञ्चक फाइनलमा मुनलाईट माविलाई पराजित गर्दै ठोरी एकेडेमी च्याम्पियन

अभिलाष गुप्ता

वीरगंज, १६ माघ । प्याब्सन पर्साको आयोजनामा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ को उपाधि ठोरी एकेडेमीले जितेको छ। वीरगंजमा आयोजित प्रतियोगिताको फाइनल खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।

निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा ठोरी एकेडेमीले मुनलाईट माविलाई ३–२ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाउन सफल भयो। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका ठोरी एकेडेमीका असिन थापा म्यान अफ द म्याच घोषित भए।

तेस्रो स्थानका लागि भएको खेलमा विकन मावि ले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। उक्त खेलका उत्कृष्ट खेलाडी विकन माविका रेहान खान बने भने एसआर ग्यालेक्सी एकेडेमी चौथो स्थानमा सीमित रह्यो।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने विद्यालयले क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र तथा शिल्ड प्राप्त गरेका छन्। चौथो स्थान प्राप्त विद्यालयलाई पनि शिल्ड प्रदान गरिएको आयोजक प्याब्सन पर्साले जनाएको छ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर: असिन थापा मगर (ठोरी एकेडेमी,उत्कृष्ट डिफेन्डर: विश्वास महतो (मुनलाईट मावि,उत्कृष्ट मिडफिल्डर: दिव्यांशु पण्डित,उत्कृष्ट स्ट्राइकर: यवेश राई (ठोरी एकेडेमी) सर्वाधिक गोलकर्ता: प्रिन्स आले मगर (मुनलाईट मावि),म्यान अफ द सिरिज: असिन थापा मगर (ठोरी एकेडेमी,घोषित भए। उत्कृष्ट खेलाडीहरूले बल, बुट, शिल्ड, क्यापसहित नगद रु. १५ सय पुरस्कार प्राप्त गरेका छन्।

समापन समारोहमा फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै एन्फा पर्साका प्रशिक्षक गृष्ममणि शाक्यलाई विशेष सम्मान गरिएको थियो। उहाँलाई कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला ले सम्मान गर्नुभयो।

प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा प्याब्सनका केन्द्रीय प्राज्ञिक सल्लाहकार डा. हरिशंकर साह, केन्द्रीय सदस्य छेडुप लामा, मधेश प्रदेश उपाध्यक्ष इमामुद्दिन अहमद, जिल्ला वरिष्ठ उपाध्यक्ष प्रकाश उपाध्याय, जिल्ला प्राज्ञिक सल्लाहकार श्याम केसी, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख बिक्रम सुवेदी, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल, एन्फा पर्सा अध्यक्ष अनिल कुमार कलवार, मुख्य प्रायोजक राज होजियारीका राज साह, कमल चौगाई लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतियोगिताले विद्यालयस्तरका खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर दिएको र भविष्यका लागि फुटबलप्रतिको रुचि तथा अनुशासन विकासमा महत्वपूर्ण योगदान पुगेको प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष एवं फुटबल खेलकि संयोजक सुशिला साह जानकारी दिएकी थिईन।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...