28 June ,2026,Sunday

बधनियारमा जसपा उम्मेदवार टेमानीको घरदैलो, युवामा छाता छापप्रति बढ्दो आकर्षण

अभिलाष गुप्ता

वीरगंज, १९ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक कुमार टेमानीले सोमबार पर्सागढ नगरपालिका वडा नम्बर–३ बधनियारमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी गराएका थिए। शिक्षा, स्वास्थ्य, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जनताको सुख–दुःखमा सधैं साथ रहने बताए।

कार्यक्रमका क्रममा विशेष गरी युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।युवाहरूले परिवर्तन, समावेशी राजनीति र मधेशको अधिकारका विषयमा चासो देखाउँदै जसपाको चुनाव चिन्ह छाता छापप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका छन्।

स्थानीय बासिन्दाहरूले यसअघि निर्वाचित प्रतिनिधिहरूले अपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गर्दै यसपटक नयाँ सोच र प्रतिबद्ध नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखेका थिए। टेमानीको सरल व्यवहार र स्पष्ट दृष्टिकोणले आफूहरू प्रभावित भएको उनीहरूको भनाइ थियो।

घरदैलो कार्यक्रमले बधनियार क्षेत्रमा जसपाको संगठन थप मजबुत बन्दै गएको संकेत देखिएको छ भने आगामी निर्वाचनमा छाता छापप्रति जनसमर्थन बढ्दै गएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...