28 June ,2026,Sunday

वीरगंजमा महाशिवरात्रिको अवसरमा रुङटाद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

वीरगंज, ०३ फागुन ।  नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा महाशिवरात्रिको पावन अवसरमा वीरगंजस्थित पशुपतिनाथ मन्दिरमा पुगेर भगवान शिवको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ।

महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सोही क्रममा रुङटाले मन्दिरमा विशेष पूजा गर्दै देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको थियो।

यस अवसरमा उहाँले सम्पूर्ण हिन्दू धर्मावलम्बी तथा आम नागरिकमा महाशिवरात्रिको हार्दिक शुभकामना व्यक्त गर्नुभयो। “आस्था, विश्वास र आत्मचिन्तनको यो पवित्र रातले हामी सबैमा धैर्य, शक्ति र सकारात्मक ऊर्जा प्रदान गरोस्। भगवान शिवको आशीर्वादले जीवनमा शान्ति, सद्भाव र समृद्धि भरियोस् तथा हामी सबैलाई सत्य र सदाचारको मार्गमा अघि बढ्ने प्रेरणा मिलिरहोस्,” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।

महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वका रूपमा देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै आएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...