28 June ,2026,Sunday

इनरवामा प्रदीप यादवको घरदैलो तीव्र, सङ्घीयता पूर्ण कार्यान्वयन मुख्य एजेन्डा

वीरगंज, ०५ फागुन । नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर–१६ इनरवामा मङ्गलबार घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै सूर्य चुनाव चिन्हमा मतदान गरी आफूलगायत नेकपा (एमाले) का सम्पूर्ण उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे। सोही अवसरमा इनरवा क्षेत्रमा स्थापना गरिएको आफ्नो सम्पर्क कार्यालयको औपचारिक उद्घाटन पनि गरिएको थियो।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै पूर्व मन्त्रीसमेत रहेका यादवले अबको आफ्नो मुख्य एजेन्डा सङ्घीयताको पूर्ण कार्यान्वयन रहेको बताए। “देशमा सङ्घीयता स्थापना भएको झन्डै १० वर्ष भइसक्दा पनि यसको मर्मअनुसार कार्यान्वयन हुन सकेको छैन। प्रदेश र स्थानीय तहले अधिकार पूर्ण रूपमा पाएका छैनन्,” उनले भने, “अब यो विषयलाई प्राथमिकतामा राखेर संसद्मा सशक्त रूपमा उठाउनेछु।”

यादवले देशमा विदेशी शक्तिको प्रभाव बढ्दै गएको आरोप लगाउँदै सङ्घीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न केपी शर्मा ओली नेतृत्वको सरकार आवश्यक रहेको दाबी गरे। उनले नयाँ दलका उम्मेदवारहरूको पृष्ठभूमि बुझेर मात्र मत दिन मतदातालाई आग्रह गर्दै काम गर्ने उम्मेदवारलाई छान्नुपर्ने बताए।

कोरोना महामारी, खानेपानी सङ्कट र हैजाजस्ता सङ्कटका बेला आफू जनताको साथमा उभिएको स्मरण गराउँदै उनले अन्य उम्मेदवारले उल्लेखनीय योगदान दिन नसकेको आरोप लगाए। कार्यक्रम स्थानीय कार्यकर्ता तथा मतदाताको उल्लेख्य सहभागितामा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...