28 June ,2026,Sunday

जसपाका युवा नेता मधुसुदन चौरसिया सहितका नेताहरू नेकपा (एमाले) मा प्रवेश

काठमाडौँ, ०७ फागुन  । जनता समाजवादी पार्टी (जसपा) का प्रभावकारी युवा नेता तथा बिन्दवासिनी गाउँपालिका प्रमुखका प्रत्यासी मधुसुदन चौरसियाको नेतृत्वमा ओकिल मियाँ, नन्दु साह कानु, सोयल अख्तर, प्रभु बैठा लगायतका सक्रिय नेताहरू आज औपचारिक रूपमा नेकपा (एमाले) प्रवेश गरेका छन्।

काठमाडौँमा आयोजित विशेष कार्यक्रममा उहाँहरू लाई नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा र टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको समृद्धि, सुशासन र विकासका लागि नेकपा (एमाले) सक्षम र भरोसायोग्य राजनीतिक शक्ति भएको उल्लेख गर्नुभयो। नवप्रवेशी नेताहरूको आगमनले पार्टी संगठन अझ मजबुत र सशक्त बन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो।

नवप्रवेशी नेताहरूले स्थानीय तहदेखि संघीय तहसम्म विकास, स्थायित्व र समृद्धिका लागि नेकपा (एमाले) को नेतृत्व आवश्यक रहेको प्रतिबद्धता व्यक्त गरेका थिए।

यसै क्रममा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराको सक्रिय सहकार्य र निरन्तर पहलले पर्सा जिल्लामा पार्टी नयाँ ऊर्जा र उत्साहका साथ स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...