28 June ,2026,Sunday

नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ पाँचौँ दिन: लर्ड बुद्ध र एन्जल वर्ल्ड विजयी

अभिलाष गुप्ता

वीरगंज, ०८ फागुन  । नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत पाँचौँ दिनका म्याच नं. १० र ११ आज आदर्शनगर खेल मैदानमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका छन्। दिनभर भएका प्रतिस्पर्धात्मक खेलहरूले दर्शक तथा खेलप्रेमीहरूलाई रोमाञ्चित बनाएका थिए।

लर्ड बुद्ध मा. वि. विरुद्ध ओसिस मा. वि. टस जितेर लर्ड बुद्ध मा. वि. ले ब्याटिङ रोज्यो।पहिलो इनिङ्समा लर्ड बुद्धले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रनको प्रतिस्पर्धात्मक योगफल खडा गर्‍यो। ब्याटिङतर्फ सन्तुलित प्रदर्शन देखिएको थियो।

जवाफमा ओसिस मा. वि. ले लक्ष्य पछ्याउने क्रममा १६.३ ओभरमा सबै १० विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो। लर्ड बुद्धका बलरहरूले सशक्त प्रदर्शन गर्दै विपक्षीलाई दबाबमा राखेका थिए।

नतिजा: लर्ड बुद्ध मा. वि. २४ रनले विजयी।म्यान अफ द म्याच: लर्ड बुद्धका अब्दुल्लाह अन्सारी — ३ ओभरमा ३१ रन खर्चेर २ विकेट तथा ४८ बलमा ३३ रन बनाउन सफल।मदर ल्याण्ड मा. वि. विरुद्ध एन्जल वर्ल्ड मा. वि.टस जितेर मदर ल्याण्ड मा. वि. ले ब्याटिङ रोज्यो।

पहिलो इनिङ्समा मदर ल्याण्डले २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो। मध्यम स्कोर बनाए पनि बलिङमा उत्कृष्ट प्रदर्शन आवश्यक देखिएको थियो।

जवाफमा एन्जल वर्ल्ड मा. वि. ले रोमाञ्चक खेल प्रस्तुत गर्दै १५.५ ओभरमा ९ विकेट गुमाएर १२३ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। अन्तिम चरणसम्म तनाव पूर्ण बनेको खेलमा एन्जल वर्ल्डले संयमित ब्याटिङ का कारण जित हात पार्‍यो।

नतिजा: एन्जल वर्ल्ड मा. वि. १ विकेटले विजयी। म्यान अफ द म्याच: मुकेश यादव — ४ ओभरमा २५ रन खर्चेर ४ विकेट तथा ३४ बलमा २९ रन।

प्रतियोगिता दिनप्रतिदिन थप रोमाञ्चक बन्दै गएको छ। विद्यालय स्तरमा क्रिकेट प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रति उत्साह, अनुशासन र प्रतिस्पर्धात्मक भावना विकास गरिरहेको आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...