28 June ,2026,Sunday

नेपाली कांग्रेस क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटा: स्थानीयको साथले थप जिम्मेवार बनेको छु, ‘रुख’ मा मतदान गर्न आग्रह

वीरगंज, ०८ फागुन । वीरगंज महानगरपालिका–७ अन्तर्गत माईस्थानमा अनिल रुङटाको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुङटाले प्रचार–प्रसार केन्द्रको उद्घाटनसँगै व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै वडावासीसँग प्रत्यक्ष संवाद गर्नुभएको थियो। घरदैलोका क्रममा उहाँलाई स्थानीय मतदाताले आत्मीय स्वागत तथा आशीर्वाद प्रदान गरेका थिए।

उम्मेदवार रुङटाले युवाको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा, उद्यमशीलताको प्रवर्द्धन, पूर्वाधार विकास तथा स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको बताउँदै आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गर्न आग्रह गर्नुभयो।

वडा नं. ७ का बुथ सभापति सुरेश कुमार गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। स्थानीय नेताहरूका अनुसार गगन थापा को नेतृत्व भूमिकापछि पार्टीप्रति युवाको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। रुङटाले वडा नं. ७ सहित क्षेत्र नं. १ का आम मतदाताले अत्यधिक मतले विजयी गराउनेमा आफू विश्वस्त रहेको बताउँदै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ ग्रहण गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...