28 June ,2026,Sunday

वीरगंजको रानीघाट र श्रीपुरमा आज पुगेका नेपाली कांग्रेस उम्मेदवार अनिल रुङटालाई त्यहाँका मतदाताले फुलमाला सहित गरे स्वागत, व्यक्त गरे बलियो समर्थन

वीरगंज, ०८ फागुन ।  वीरगंज महानगरपालिका अन्तर्गत रानीघाट र श्रीपुरमा आज चुनावी माहोल थप उत्साहित बनेको छ। अनिल रुङटा घरदैलो कार्यक्रममा सहभागी हुन पुग्दा स्थानीय बासिन्दाले उहाँलाई फुलमाला, अबिर तथा आत्मीय शुभकामनासहित भव्य स्वागत गरेका थिए। नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रुङटाले प्रचार–प्रसार केन्द्रको उद्घाटनसँगै व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभयो।

घरदैलोका क्रममा उहाँले विकास, रोजगारी र शिक्षालाई आफ्नो प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्नुभयो। कार्यक्रमभर युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो, जसले क्षेत्रको चुनावी माहोल थप सजीव बनेको स्थानीय नेताहरूले बताएका छन्।उम्मेदवार रुङटाले विशेषगरी युवाहरूको साथ र समर्थनले आफूलाई अझ जिम्मेवार र दृढ बनाएको बताउँदै रोजगारी सिर्जना, सीपमूलक तथा गुणस्तरीय शिक्षाको विस्तार, उद्यमशीलताको प्रवर्द्धन, दिगो पूर्वाधार विकास तथा सर्वसुलभ स्वास्थ्य सेवाको सुदृढीकरणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्ने स्पष्ट पार्नुभयो। उहाँले समान सहभागिता, समावेशी विकास र अवसरको सुनिश्चितता आफ्नो मूल एजेन्डा रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी परिवर्तनको अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो।

स्थानीय नेताहरूका अनुसार गगन थापा को सक्रिय नेतृत्व र स्पष्ट दृष्टिकोणपछि पार्टीप्रति युवापुस्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको छ। रुङटाले रानीघाट र श्रीपुरसहित पर्सा क्षेत्र नं. १ का आम मतदाताबाट अत्यधिक मतसहित विजयी हुनेमा आफू विश्वस्त रहेको बताउँदै जनताको साथ, समर्थन र सुझावलाई उच्च सम्मानका साथ आत्मसात् गर्दै निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...