27 June ,2026,Saturday

नवनिर्वाचित सांसद शाक्यको पहिलो कार्यक्रम मानव सेवा आश्रममा- शाक्यद्वारा १ लाख ११ हजार १११ सहयोग घोषणा

राजन कुमार बानिया

वीरगंज, २८ फागुन । निर्वाचन क्षेत्र नम्बर–२ र ४ बाट नवनिर्वाचित सांसद सुशील कुमार कानु र टेकबहादुर शाक्यले वीरगंजस्थित मानव सेवा आश्रम पुगेर त्यहाँ आश्रय लिइरहेका असहाय तथा बेसहारा नागरिकहरूको अवस्थाबारे जानकारी लिएका छन।

बिहीबार बिहान पर्सा–४ का नवनिर्वाचित सांसद टेकबहादुर शाक्यसहित आश्रम पुगेका सांसद कानुले आश्रममा आश्रित ६० भन्दा बढी लक्ष्मीनारायणहरू सँगै बसेर बिहानको भोजन ग्रहण गरेका थिए।

आश्रममा आश्रित व्यक्तिहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको दैनिक जीवन, आवश्यकताहरू तथा आश्रमले सञ्चालन गरिरहेको सेवामूलक गतिविधिबारे जानकारी लिएको जनाइएको छ सो क्रममा सांसद शाक्यले मानव सेवा आश्रमले समाजका असहाय र बेसहारा नागरिकहरूको संरक्षणका लागि गर्दै आएको सेवामूलक कार्यको प्रशंसा गर्दै आफ्नो व्यक्तिगत तर्फबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता सुधिर पटेल, आश्रमका संरक्षक तथा मधेस विश्व विद्यालयका उपकुलपति प्रा.डा. दिपक शाक्य, आश्रमका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारू लगायतको उपस्थिति रहेको थियो। मानव सेवा आश्रमले सडकपेटी तथा बेसहारा अवस्थामा रहेका नागरिकहरूको उद्धार गरी उनीहरूलाई आश्रय, भोजन, उपचार र संरक्षण प्रदान गर्दै आएको सामाजिक संस्था हो।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...