27 June ,2026,Saturday

वीरगंज स्थित पंचमुखी हनुमान मंदिर रेलबे रोडमा नयाँ वर्षको अवसरमा भव्य श्रीराम कथा आयोजना हुने

अभिलाष गुप्ता

वीरगंज, १० चैत्र । वीरगंज स्थित पंचमुखी हनुमान मंदिर रेलबे रोड कुम्हालटोलमा श्रीराम कथा आयोजक समितिले आगामी नयाँ वर्षको अवसर पारेर बैशाख महिनामा भव्य रूपमा श्रीराम कथा आयोजना गर्ने निर्णय गरेको छ। समितिका संयोजक गौरी प्रसाद गुप्ताको संयोजन तथा स्वामी राजीव रंजन भारद्वाजको सानिध्यमा कार्यक्रम सञ्चालन हुने जनाइएको छ।

यस सम्बन्धमा आयोजित बृहत छलफल कार्यक्रममा स्थानीय समाजसेवी तथा युवा एवं सक्रिय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। छलफलमा समितिका संयोजक गौरी प्रसाद गुप्ताको अध्यक्षतामा सदस्यहरु मुन्ना सोनी,दीपक गुप्ता,अभिलाष गुप्ता,अमर सर्राफ,रामु रायमाझी, दिपेन्द्र साह,हिमांशु साह,मनोज मिश्रा,अक्षय चौधरी लगायतले आफ्नो धारणा राख्दै कार्यक्रमलाई भव्य र सफल बनाउन आवश्यक तयारी अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

आयोजक समितिका अनुसार श्रीराम कथालाई धार्मिक तथा सांस्कृतिक महत्त्वका साथ भव्य रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रममा श्रद्धालु भक्तजनहरूको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ भने कथा वाचनबाट समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास लिइएको छ।

समितिले निकट भविष्यमा कार्यक्रमको मिति, स्थान र अन्य व्यवस्थापन सम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...